काठमाडौं । स्कटल्यान्डका सफल ब्याटर तथा पूर्वकप्तान काइल कोट्जरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।
३८ वर्षका कोट्जरले ८९ एकदिवसीय अन्तराष्ट्रिय खेलमा ५ शतक र २१ अर्धशतकसहित ३ हजार १ सय ९२ रन बनाएका छन् ।
कोट्जर स्कटल्यान्डबाट एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । ७० टी-ट्वान्टी अन्तराष्ट्रिय खेलका उनले १ हजार ४ सय ९५ रन बनाएका छन् ।
१ सय ९९ लिष्ट ए खेलमा ६ हजार २ सय ९६ रन बनाएका छन् ।
४५ एकदिवसीय अन्तराष्ट्रिय खेलमा कप्तानी गरेका कोट्जरले२६ मा जित र १७ मा हार व्यहोरेका थिए ।