काठमाडौं । एसियन प्रिमियर कपमा नेपालले साउदी अरेवियाविरुद्धको खेल मुलपानी मैदानमा हुनेभएको छ ।
एसीसीले आज घोषणा गरेको खेल तालिका अनुसार नेपाल र साउदी अरेवियाबीचको खेल मुलपानी बैशाख ११ गते खेल्ने भएको छ । ।
आज जारी खेलतालिकामा ओमान र नेपाल एकै समूहमा रहेका छन् । मलेसियासँग खेलेर नेपालले सो प्रतियोगिताको सुरुआत गर्ने भएको छ ।
एसियन क्रिकेट काउन्सिल(एसीसी)ले आज घोषणा गरेको खेल तालिकामा उद्घाटन खेलमा नेपालले मलेसियाबीच खेल हुनेछ ।
वैशाख ५ गतेबाट १८ गते सम्म संचालन हुने सो प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ।
कुल २४ खेल हुने प्रतियोगिताको फाईनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । प्रतियोगिताको १३ खेल टियुमा तथा ११ खेल मुलपानीमा आयोजना हुनेछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेविया,कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।
फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ ।
खेल तालिका
