काठमाडौं । घरेलु टोली भारतविरुद्धको तेस्रो तथा निर्णायक खेलमा पाहुना टोली अष्ट्रेलियाबाट २ सय ७० रनको लक्ष्य पाएको छ ।
चेन्नाईको एमए चिदम्बरम क्रिकेट स्टेडियममा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पाहुना टोलीले ४९ ओभरमा अलआउट हुदै २ सय ६९ रन बनायो ।
पाहुना टोलीका लागि ओपनर मिचेल मार्शले ४७ बलमा ४७ तथा एलेक्स क्यारीले ३८ रन बनाए ।
ओपनर ट्राभिस हेडले ३३ रन बनाउँदा मार्नुस लाबुस्चानेले २८ रन बनाए ।
सेन एबटले २६ तथा मार्कुस स्टोईनसले २५ रन बनाए ।
आजको खेलमा ४ नम्बरमा ब्याटिङ गरेका डेविड वार्नर २३ तथा एस्टन अगर १७ रनमा आउट भए ।
घरेलु टोलीका लागि हार्दिक पान्ड्या र कुलदिप यादवले समान ३/३ तथा अक्षर पटेल र मोहम्मद सिराजले समान २/२ विकेट लिए ।
तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज १-१ को बराबरीमा रहेको छ ।