काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको आईसीसी टी-ट्वान्टी अन्तराष्ट्रियको बलिङ वरीयतामा यथावत रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा लामिछाने ७१ औं स्थानमा कायम रहेका छन्।
बलिङ तर्फ नै अभिनास बोहोराको नयाँ वरीयतामा बोहोरा ९९ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङ तर्फ भने ब्याटर कुशल भुर्तेल नयाँ वरीयतामा कुशल ५३ औं स्थानमा यथावत रहेका छन्।
अर्का ब्याटर दीपेन्द्र सिंह ऐरी ६० औं स्थानमा यथावत रहेका छन् ।
अलराउण्डर तर्फ दीपेन्द्र सिंह ऐरी १४ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ भारतका सुर्य कुमार यादव शीर्ष स्थानमा रहेका छन् ।
बलिङमा भने श्रीलंकाका वानिन्दु हशरंगा शीर्ष स्थानमा रहेका छन् ।
टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयतामा नेपाल १६ औं स्थानमा यथावत रहेको छ ।