काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप आगामी अक्टोबरको पहिलो साताबाट सुरु हुने सम्भावना रहेको छ ।
बोर्ड अफ क्रिकेट कन्ट्रोल इन ईन्डिया(बीसीआई)ले जनाए अनुसार एकदिवसीय विश्वकप अक्टोबर ५ बाट सुरु भएर नोभेम्बर १९ सम्म संचालन गर्ने योजना रहेको छ ।
१० राष्ट्रको सहभागीता रहने यस विश्वकपमा कम्तिमा १२ स्टेडियममा संचालन गर्ने बीसीसीआईको योजना रहेको छ ।
फाइनल खेल अहमदाबादमा रहेको विश्वकै ठूलो स्टेडियम नरेन्द्र मोदी क्रिकेट स्टेडियममा गर्ने तयारीमा बीसीसीआई रहेको छ ।
सामान्यतया आईसीसीले कम्तिमा एक वर्ष अगावै विश्वकपको तालिका घोषणा गर्छ । तर, यस पटक भने आईसीसीले बीसीसीआईलाई भारत सरकारबाट आवश्यक स्वीकृति को पर्खाइमा रहेको छ ।
प्रतियोगिताको लागि कर छुट र पाकिस्तानी टोलीको लागि भिसा क्लियरेन्सको विषयमा बीसीसीआईमा भारत सरकारको निर्णयको पर्खाईमा रहेको छ ।