काठमाडौं । दोस्रो संस्करणको अन्तर कलेज प्याट्रियोट्स कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आजको खेलमा ओरियन्ट कलेज र पिनाकल कलेज विजयी भएका छन् ।
ओरियन्ट कलेजले पब्लिक युथ क्याम्पसलाई पराजित गरेको हो । मुलपानीमा भएको खेलमा ओरियन्ट ८४ रनले विजयी भएको हो ।
ओरियन्टले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको पब्लिक युथले निर्धारित १३ ओभर १ बलमा अलआउट हुदै ५४ रन मात्र बनाउन सक्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओरियन्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो ।
ओरियन्टका लागि दिपक महतोले ५० रनको अर्धशतकीय ईनिङ खेले । विवेक ठाकुरले २३ रन बनाउँदा विशाल पटेलले १२ रन बनाए ।
पब्लिक युथका लागि सुशान्त सिंह,समिर पाठक र इर्शाद अलिले समान २/२ तथा विनित पन्थीले १ विकेट लिए ।
आज नै भएको अर्को खेलमा पिनाकल कलेजले प्राइम कलेजलाई ४८ रनले पराजित गरेको छ ।
ललितपुर प्याट्रियोट्स प्राइभेट कम्पिनीको आयोजनामा जारी यस संस्करणको प्रतियोगितामा १२ कलेजको सहभागीता रहको छ ।
गत बर्ष भएको पहिलो संस्करणमा ८ कलेजको सहभागीता रहेको थियो ।
मुलपानी क्रिकेट मैदानमा हुने यस प्रतियोगिताको व्यबस्थापन आडियासप नेपालले गर्नेछ । प्रतियोगिता २५ मार्च सम्म आयोजना हुनेछ ।
प्रतियोगिताको बिजेता कलेजले १ लाख र उपबिजेता कलेजले ५० हजार नगद प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद प्राप्त गर्दा बेस्ट बलर तथा ब्याटरले जनही १५ हजार पाउने छ ।
१५ खेल हुने प्रतियोगिताका हरेक खेलका म्यान अफ दि म्याचले नगद २५ सय प्राप्त गर्नेछन् ।