काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि अस्मिना कर्माचार्यको कप्तानीमा १४ सदस्सीय आयोजक टोलीको घोषणा भएको छ ।
यही चैत ९ गतेबाट सुरु हुने ललितपुर मेयर्स कपमा सहभागी हुने आयोजक टोलीको आज सोमबार घोषणा भएको हो ।
ललितपुर मेयर्स ११ ले प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ ।
गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहने छ ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।
ललितपुर मेयर्स ११ को टोली
