काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर आसिफ शेखले इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले प्रदान गर्ने सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ जितेका छन् ।
आसिफले गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उक्त अवार्ड जितेका हुन् ।
आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा लड्न पुगेपछि रन आउट गरेका थिएनन् ।
आईसीसीले पनि आसिफलाई स्पिरिट अफ द क्रिकेट इयर २०२२ अवार्ड प्रदान गरेको थियो ।