काठमाडौं । दोस्रो संस्करणको अन्तर कलेज प्याट्रियोट्स कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा ब्लुवर्ड कलेज सेमिफाइनल प्रवेश गरेको छ ।
समूह ए बाट अपराजित रुपमा सेमिफाइनल प्रवेश गरेको ब्लुवर्ड कलेजले समूह चरणको अन्तिम खेलमा टेक्सस कलेजलाई पराजित गरेको हो ।
आईतबारको बर्षाका कारण ढिलो सुरु भएको खेल १२ ओभरमा घटाईएको थियो । मुलपानीमा भएको खेलमा ब्लुवर्ड ३७ रनले विजयी भएको हो ।
ब्लुवर्डले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको टेक्ससले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो ।
टेक्ससका लागि प्रेम शाहीले १६ तथा प्रशान्त खवासले १३ रन बनाए ।
ब्लुवर्डका लागि मिहोल श्रेष्ठ,कौशल रुपाखेती,तिलक भण्डारी र सुवास खत्रीले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्लुवर्डले १२ मा ८ विकेट गुमाएर १ सय १ रन बनाएको थियो ।
ब्लुवर्डका लागि निर्भिक पाठक २८ रनमा आउट हुँदा दिपक डुम्रेले २५ रन बनाए ।
टेक्ससका लागि प्रेम शाहीले ५ तथा कमल भुषालले १ विकेट लिए ।
ललितपुर प्याट्रियोट्स प्राइभेट कम्पिनीको आयोजनामा जारी यस संस्करणको प्रतियोगितामा १२ कलेजको सहभागीता रहको छ ।
गत बर्ष भएको पहिलो संस्करणमा ८ कलेजको सहभागीता रहेको थियो ।
मुलपानी क्रिकेट मैदानमा हुने यस प्रतियोगिताको व्यबस्थापन आडियासप नेपालले गर्नेछ । प्रतियोगिता २५ मार्च सम्म आयोजना हुनेछ ।
प्रतियोगिताको बिजेता कलेजले १ लाख र उपबिजेता कलेजले ५० हजार नगद प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद प्राप्त गर्दा बेस्ट बलर तथा ब्याटरले जनही १५ हजार पाउने छ ।
१५ खेल हुने प्रतियोगिताका हरेक खेलका म्यान अफ दि म्याचले नगद २५ सय प्राप्त गर्नेछन् ।