काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग टू मा बिहिबार भएको अन्तिम खेलमा नेपालले युएईलाई डीएल पद्दतीमा पराजित गर्यो । यस जितसँगै नेपाल लिग टूको शीर्ष ३ मा रहँदै विश्वकप छनोट खेलमा स्थान बनाएको छ ।
अन्य समयमा झै यस सिरिजमा समेत नेपालको धारिलो र कसिलो बलिङ जारी रह्यो । लिग टू सिरिजका ३६ खेलमा नेपाली बलरहरुको सानदार प्रदर्शन रहिरह्यो ।
नेपाली बलरहरुको प्रदर्शनका कारण नेपाल लिग टूको शीर्ष तीनमा पर्दै आगामी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सोझै खेल्न पायो ।
लिग २ मा नेपाली दुई बलरहरुले ५० विकेट पूरा गरेका थिए । नेपालका २५ बलर लिग २ सिरिजमा प्रयोग भएको पाइन्छ जसमा १८ बलरहरुले कम्तिमा १ विकेट लिएका छन् । नेपालका १८ बलरहरुले २ सय ५८ विकेट लिएका छन् ।
लिग टू सिरिजमा नेपालका लागि सर्वाधिक विकेट लिने पाँच बलरहरु यस प्रकार छन् ।
१) सन्दीप लामिछाने

विश्वकप लिग टू मा ओमानविरुद्ध कीर्तिपुरमा भएको दुई खेलमा बाहेक सन्दीपले खेलेका लिग टूका हरेक खेलमा विकेट लिएका छन् । सन्दीपले १४ सेप्टेम्बर २०२१ मा ओमानमा ओमानविरुद्धको खेलमा बलिङ गरेका थिएनन् ।
सन्दीपले विश्वकप लिग टूका ३१ खेलमा २ सय ८२ ओभर बलिङ गर्दा १८ मेडन राखेर ७२ विकेट लिएका थिए । ४ दशमलब ०४ को ईकोनोमिमा बलिङ गरेका सन्दीपले १ हजार १ सय ४२ रन खर्चिएका थिए ।
लिग टूमा १६ रन खर्चिएर ६ विकेट लिनु नै उनको बेस्ट बलिङ फिगर हो । लिग टूका खेलहरुमा सन्दीपले ५ पटक ४ विकेट र २ पटक ५ विकेट पूरा गरेका थिए ।
२) करण केसी

करण केसी विश्वकप लिग टूमा नेपालका लागि दोस्रा सफल बलर हुन् । तिब्र गतिका बलर केसीले लिग टूका ३० खेलमा ५० विकेट लिएका थिए । केसीले १५ मेडन राखेर ५ दशमलब ११ को ईकोनोमिमा १ हजार १ सय ३ रन खर्चिएका थिए ।
लिग टूमा ३३ रन खर्चिएर ५ विकेट लिनु नै केसीको बेस्ट बलिङ फिगर हो । केसीले विश्वकप लिग टूमा ३ पटक ५ तथा ३ पटक नै ४ विकेट लिएका थिए ।
३) सोमपाल कामी

विश्वकप लिग टूको खेलमा नेपालका लागि तेस्रा सफल बलर सोमपाल कामी हुन् । सोमपालले लिग टूका ३१ खेलमा ३६ विकेट लिएका थिए । सोमपालले २० मेडन राखेर ४ दशमलब ४६ को ईकोनोमिमा १ हजार १ सय ११ रन खर्चिएका थिए ।
३९ रन खर्चिएर ४ विकेट लिनु नै सोमपालको लिग टूमा बेस्ट बलिङ फिगर हो । सोमपालले लिग टूका खेलहरुमा १ पटक ४ विकेट पूरा गरेका छन् ।
४) दीपेन्द्रसिंह ऐरी

अलराउन्डर ऐरी लिग टूमा नेपालका लागि चौथा सफल बलर हुन् । ऐरीले ३२ खेलमा ३ दशमलब ७७ को ईकोनोमिमा २३ विकेट लिएका छन् । ऐरीले २३ मेडनका साथ ७ सय ३३ रन खर्चिएका थिए ।
लिग टूमा १८ रन खर्चिएर ३ विकेट लिनु ऐरीको बेस्ट बलिङ फिगर हो ।
५) कुशल मल्ल

अलराउन्डर मल्ल नेपालका लागि लिग टू सिरिजमा नेपालका लागि सर्वाधिक विकेट लिने पाँचौ बलर हुन् । मल्लले १८ खेलमा १६ विकेट लिएका छन् । उनले ५ मेडन राखेर ४ दशमलब ५६ को ईकोनोमिमा ५ सय २ रन खर्चिएका छन् ।
लिग टूमा ६ रन दिएर २ विकेट लिनु नै कुशलको बेस्ट बलिङ फिगर हो ।