काठमाडौं । कतारमा जारी रहेको लिजेन्डस् क्रिकेट लिगमा आज शनिबार एक खेल हुदैछ ।
लिगको इलिमिनेटर खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसीयन लायन्स र ईण्डियन महाराजबीचमा खेल हुदैछ ।
खेल कतारको दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा बेलुका सवा ८ मा सुरु हुनेछ ।
आजको खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । वल्र्ड जायन्ट्स समूह चरणको शीर्ष स्थानमा रहँदै फाईनल प्रवेश गरिसकेको छ ।
समूह चरणको दुई खेलमा लायन्स र महाराजबीचको खेलमा १ खेलमा लायन्स तथा १ खेलमा महाराज बिजयी भएका थिए ।
पहिलो खेलमा अन्तिम ओभरमा ब्याटिङमा आएका पारसले २ बलमा ३ रन बनाएका थिए । बलिङको अवसर नपाएका पारसले मोहम्मद कैफलाई क्याच आउट गराएका थिए ।
समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्लेईङ-११ मा मौका पाए थिए । वल्र्ड जायन्टविरुद्धको खेलमा आठौं नम्बरमा ब्याटिङको मौका पाएका पारसले १० बलमा ८ रन बनाए ।
ईण्डियन महाराजको कप्तानमा भारतका पुर्व कप्तान गौतम गम्भिर रहेका छन् । लायन्सको कप्तानी भने पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीले गर्दैछन् ।
समूह चरणको चार मध्ये दुई खेल जितेको एसिया लायन्स अंक तालिकाको दोस्रो स्थानमा र ईण्डियन महाराज १ खेलमा जित हात पारेर तालिकाको पुछारमा रहेका थिए । दोस्रो र तेस्रो स्थानमा रहेका टोलीहरु मध्ये एकले फाइनल स्थान बनाउँने छन् ।
फाइनल खेल आगामी सोमबार रहेको छ ।