काठमाडौं । मधेश प्रदेशले नेपाली राष्ट्रिय टोलीका दुई खेलाडी गुलशन झा र आरिफ शेखलाई जनही २ लाख नगद पुरस्कार प्रदान गर्ने भएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेल युएईविरुद्ध नेपाललाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेको भन्दै मधेश प्रदेशले दुई खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रोत्साहन स्वरूप दुबै खेलाडीलाई पुरस्कारको घोषणा गरेका हुन् ।
आफ्नो प्रदेशका खेलाडी गुलशन झाको तेजस्वी तथा सौर्यपूर्ण खेल लामो समयसम्म खेलप्रेमीहरुको सम्झनामा रहिरहने बताउँदै मुख्यमन्त्री यादवले मधेश प्रदेशका अर्का खेलाडी आरिफ शेष समेतले आफ्नो खेलद्वारा मधेशको मान बढाएको बताए ।
मुख्यमन्त्री यादवले नेपाली टिम, प्रशिक्षक तथा खेलाडीहरुलाई बधाई समेत दिएका छन् ।