काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरिरहेको नेपालका गुलशन झाले अर्धशतक बनाएका छन् ।
गुलशनले ४७ बलमा ५० रन पूरा गरेका हुन् । उनले २ छक्का र ४ चौका प्रहार गरे ।
यस अघि नेपालका कुशल भुर्तेल, भिम सार्की र आरिफ शेखले अर्धशतक बनाएका थिए ।
नेपालले ६ विकेट गुमाएर २६७ रन जोडेको छ ।