काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालका आरिफ शेखले अर्धशतक बनाएका छन् ।
आरिफले ५९ बलमा ५१ रन पूरा गरेका हुन् । उनले २ चौका प्रहार गरे ।
आरिफ ५२ रनमा आउट भए ।
यस अघि नेपालका भिम शर्की र कुशल भुर्तेलले अर्धशतक बनाएका थिए ।
नेपालले ९ विकेट गुमाएर २२६ रन जोडेको छ ।