काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालका भिम सार्कीले अर्धशतक बनाएका छन् ।
भिमले ६० बलमा ५० रन पूरा गरेका हुन् । उनले ६ चौका प्रहार गरे ।
उनको यो दोस्रो एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक हो ।
नेपालले अहिले २८ ओभर ३ बलमा ४ विकेट गुमाएर १ सय ७० रन बनाएको छ । क्रिजमा भिम सार्की र आरिफ शेख रहेका छन् ।