काठमाडौं । आईसीसी विश्वकप लिग टूको खेलमा युएईका कप्तान मुहम्मद वासिमले शतक प्रहार गरेका छन् ।
वासिमले ६१ बलमा शतक पूरा गरेका हुन् ।
पीएनजीका लागि कप्तान असद भालाले ९२ बलमा ६५ रन बनाए । भालाले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।
नर्मन भानुवाले अविजित ४९ रन बनाउँदा चाल्र्स अमिनीले ४४ बलमा २२ रन बनाए । किप्लिन डोरिगाले ६० बलमा २४ रन बनाए ।
गौडी टोकाले १५ रन बनाउँदा राईली हेरुकेले अविजित ३३ रन बनाए ।
युएईका लागि हर्जत बिलालले ४ तथा जावर फरिद र रोहन मुस्ताफाले समान १/१ विकेट लिए ।
लिग टू सिरिजमा युएईविरुद्ध पुर्णरुपले हाबी रहेको पीएनजी आजको खेल जितेर विश्वकप लिग टू को यात्रा सुखद रुपमा समाप्त गर्न चाहान्छ ।
उता,युएई पनि पीएनजी माथी फराकिलो जित निकाल्दै एकदिवसीय मान्यता कायम राख्ने कमजोर सम्भावना जिवितै राख्न चाहान्छ ।
पीएनजीले ३५ खेलमा ५ मा जित २९ मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।
युएईले ३४ खेलमा १४ मा जित १७ मा हार व्यहोरेको छ । युएई ३१ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।