काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रियको बलिङ वरीयतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २ स्थान माथी उक्लिएर २१ औं स्थानमा रहेका छन्।
सन्दीप २१ औं स्थानमा रहँदा विश्व चर्चित भारतका जसप्रित बुमराह भने २६ औं स्थानमा रहेका छन् ।
सन्दीपले वानिन्दु हशरंगा, युजभेन्द्र चहल,कुलदिप यादव लगायतका चर्चित बलरहरुलाई पछि पारेका छन् ।
बलिङ तर्फ नै सोमपाल कामीले ३ स्थान सुधार गर्दै ६० औं स्थानमा रहँदा दीपेन्द्र सिंह ऐरी २ स्थान सुधार गर्दै ६३ औं स्थानमा रहेका छन् ।
तिव्र गतिका बलर करण केसीको बलिङ वरीयतामा भने ३ स्थान सुधार गरेर ९५ औं स्थानमा रहेका छन् ।
ब्याटिङ तर्फ भने कप्तान रोहित कुमार पौडेलको ५५ औं स्थानमा कायम रहेका छन् ।
ब्याटिङ तर्फ नै ओपनर आसिफ शेख भने ९ स्थान सुधार गरेर ६२ औं स्थानमा रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।
बलिङतर्फ भने भारतका तीव्र गतिका बलर मोहम्मद सिराज शीर्ष स्थानमा रहेका छन् ।