काठमाडौं । भारतका ब्याटर श्रेयस आयरले अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज गुमाउने भएका छन् ।
ब्याक इन्जुरीको कारण श्रेयसले एकदिवसीय सिरिज गुमाउने भएका हुन् ।
अहमदाबाद टेस्टको दौरान श्रेयसले चोट बोकेको बताईएको छ।
भारतले घरेलु मैदानमा अष्ट्रेलियासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ।
पहिलो एकदिवसीय शुक्रबार वान्खडे स्टेडियममा हुनेछ।
उनी आईपीएल अघिसम्म ठिक हुने अपेक्षा गरिएको छ ।
उनलाई बीसीसीआईको मेडिकल टोलीले निगरानी गर्ने छन् ।
आईपीएलमा उनी कोलकत्ता नाइटराइडर्सका कप्तान हुन् ।