काठमाडौं । कतारमा जारी रहेको लिजेन्डस् क्रिकेट लिगमा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसीयन लायन्सले टस हारेको छ ।
ईण्डियन महाराजले टस जितेर पहिले बलिङ गरे पछि लायन्सले पहिले ब्याटिङ गर्दै छ । पारस भने बेन्चमा रहेका छन्।
लायन्स तेस्रो खेलमा पनि आफ्नो अपराजित यात्रा कायमै राख्न चाहान्छ । लायन्सले पहिलो खेलमा महाराजलाई तथा दोस्रो खेलमा वल्र्ड जायन्ट्सलाई पराजित गरेको थियो ।
उता, महाराज भने आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्न चाहान्छ । पहिलो खेलमा लायन्ससँग पराजित भएको महाराज दोस्रो खेलमा वल्र्ड जायन्ट्ससँग पराजित भएको थियो ।
लिगको पहिलो चरणमा लायन्सले महाराजलाई ९ रनले पराजित गरेको थियो ।
पहिलो खेलमा अन्तिम ओभरमा ब्याटिङमा आएका पारसले २ बलमा ३ रन बनाएका थिए । बलिङको अवसर नपाएका पारसले मोहम्मद कैफलाई क्याच आउट गराएका थिए ।
वल्र्ड जायन्ट्स विरुद्धको दोस्रो खेलमा प्लेईङ-११ मा मौका पाए पनि पारसले बलिङ ब्याटिङको अवसर पाएका थिएनन् ।
लगातार दोस्रो जित हात पारेको एसिया लायन्स २ खेलमा ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
ईण्डियन महाराज भने २ खेलमा अंकबिहिन रहँदै तालिकाको पुछारमा रहेको छ ।
लायन्समा पारससँगै उपुल थरंगा,अस्गर अफगान,शाहिद अफ्रिदी,थिसारा परेरा,मोहम्मद आमीर,मिस्बा उल हक र शोयब अख्तर लगायतका लिजेण्ड क्रिकेटरहरु रहेका छन्।
लिगमा वल्ड जायन्ट्स ,इण्डियन महाराज तथा एसियन लायन्सको सहभागिता रहने छ ।
लिग चरणको खेलमा शीर्ष स्थानमा रहने टोलीले सिधा फाइनलमा स्थान बनाउने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीचको बिजेताले फाइनल खेल्ने छ ।
डबल राउन्डमा आयोजना हुने लिगको फाइनल खेल २० मार्च कतारको दोहामा हुनेछ ।