काठमाडौं । दोस्रो संस्करणको अन्तर कलेज प्याट्रियोट्स कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता २०२३ यही मार्च १८ देखि सुरु हुने भएको छ ।
ललितपुर प्याट्रियोट्स प्राइभेट कम्पिनीको आयोजनामा हुने यस संस्करणको प्रतियोगितामा १२ कलेजको सहभागीता रहने छ ।
गत बर्ष भएको पहिलो संस्करणमा ८ कलेजको सहभागीता रहेको थियो ।
मुलपानी क्रिकेट मैदानमा हुने यस प्रतियोगिताको व्यबस्थापन आडियासप नेपालले गर्नेछ ।
यस प्रतियोगिता २५ मार्च सम्म आयोजना हुनेछ ।
प्रतियोगिताको बिजेता कलेजले १ लाख र उपबिजेता कलेजले ५० हजार नगद प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद प्राप्त गर्दा बेस्ट बलर तथा ब्याटरले जनही १५ हजार पाउने छ ।
१५ खेल हुने प्रतियोगिताका हरेक खेलका म्यान अफ दि म्याचले नगद २५ सय प्राप्त गर्नेछन् ।
दोस्रो संस्करणको प्याट्रियोट्स कप अन्तर कलेज टी-ट्वान्टी प्रतियोगितामा सहभागी रहने १२ कलेज यसप्रकार रहेका छन् -
१)काठमाडौं युनिभर्सिटि
२)ब्लुबर्ड कलेज
३)गोल्डेन गेट कलेज
४)केएफए
५)टेक्सस कलेज
६)ओरियन्ट कलेज
७)काठमाडौं मोडल कलेज
८)पिनाकल कलेज
९)ब्रिलियन्ट कलेज
१०)प्राइम कलेज
११)हेटौडा स्कुल अफ म्यानेजमेन्ट
१२)पब्लिक युथ कलेज