काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम आर्मीले ब्रिगेड ब्वाईज क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेडलाई १–० गोल अन्तरले हराएको हो ।
आर्मीको जितमा ६७ औ मिनेटमा टंक बस्नेतले विजयी गोल गरे । उनले टेकबहादुर बुढाथोकीको पासलाई सदुपयोग गर्दै हेडिङमार्फत गोल गरेका थिए ।
पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा आर्मीले अपेक्षा अनुसारको प्रर्दशन गर्न सकेन । ब्रिगेडले काउन्टरमा बल खेल्दै आर्मीलाई दबाबमा राखेको छ ।
खेलकाे अन्तिम समयमा काउन्टर खेलमा अार्मीका कप्तान भरत खवास 'वान भर्सेस वान'मा गाेल गर्न चुकेका थिए । खेलकाे 'म्यान अफ दी म्याच' अार्मीका टेक बहादुर बुढाथाेकी घाेषित भए ।
जितपछि आर्मीले ७ खेलबाट १७ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । ब्रिगेड ४ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।