काठमाडौं । दोस्रो संस्करणको कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
गोदावरी नगरपालिकाको आयोजना र नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गर्ने प्रतियोगिता माघ २६ देखि २८ गतेसम्म हुनेछ ।
नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले मंगलबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) का खेलाडीको सहभागिता रहने छ ।
महिलामा १० तौल समूह ४५,५०,५५,६१,६८ केजी तौल मुनि र ६८ तौल माथिको एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
पुरुषमा ५०,५५,६०,६७,७५,८४ केजी तौल मुनि र ८४ केजी माथि एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सहभागि हुन २५ गते सबै टिम आईपुग्ने छन् । खेलाडीहरुको दर्ताका साथै २५ गते बिहान ८ बजे देखी ५ बजे सम्म तौल नापिने छ ।
पहिलो दिन ४ स्वर्ण, २७ गते ७ स्वर्ण र २८ गते ६ स्वर्ण सहित १७ वटा तौल समूहको छिनोफानो हुनेछन् ।
पहिलो हुने प्रत्येक खेलाडीहरुलाई स्वर्ण पदक सहित प्रतिष्ठित स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछ र दोश्रो र तेश्रो हुनेहरुले पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् साथै उत्कृष्ट १ महिला तथा १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् ।
त्यसै गरि प्रथम हुने टिमले आकर्षक ट्रफि सहित नगद रु १ लाख र द्धितिय हुनेले ट्रफि सहित ५० हजार प्राप्त गर्नेछन् ।