शनिबार, १६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

जितेर बाहिरिएको पाकिस्तान

शनिबार, १६ फाल्गुण २०८२खेलपाटी संवाददाता
जितेर बाहिरिएको पाकिस्तान
Loading ad...
mustang rice ad

काठमाडौं। आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न ठूलो अन्तरले जित्नैपर्ने दबाबमा रहेको पाकिस्तानले पाँच रनको जित हात पारे पनि रनरेटका कारण अघिल्लो चरणमा स्थान बनाउन सकेन।

पललेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा श्रीलंकालाई ५ रनले हराए पनि पाकिस्तानको यात्रा सुपर ८ मै टुंगियो। टस जितेर पहिले फिल्डिङ रोजेको श्रीलंकाविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्दै २० ओभरमा २१२ रन बनाएको थियो।

सेमिफाइनलमा पुग्न पाकिस्तानलाई कम्तीमा ६४ रनको फराकिलो जित आवश्यक थियो। यस्तो दबाबबीच ओपनर साहिबजादा फरहान र फखर जमनले विस्फोटक सुरुआत दिलाए।

उनीहरूले पहिलो विकेटका लागि १७६ रनको साझेदारी गर्दै टी–२० विश्वकप इतिहासमा कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान बनाए।

फखर जमन ८४ रनमा आउट हुँदा शतकबाट चुके। साहिबजादा फरहानले ६० बलमा ठीक १०० रन पूरा गरे। उनले आफ्नो इनिङ्समा ९ चौका र ५ छक्का प्रहार गरे। फखरले ४२ बलमा ९ चौका र ४ छक्कासहित ८४ रन जोडे। तर, अन्त्यतिर ३४ रन जोड्दा पाकिस्तानले ८ विकेट गुमाएपछि टोली २१२ रनमै सीमित भयो।

जवाफमा ब्याटिङ गरेको श्रीलंकाले सुरुआत राम्रो गर्न सकेन। दोस्रो ओभरमै पाथुम निसाङ्क ३ रनमा आउट भए। त्यसपछि कामिल मिश्रारा २६, चरिथ असालंका २५, कमिन्दु मेन्डिस ३ र जेनेथ लियानागे ५ रनमा आउट हुँदा श्रीलंका दबाबमा परेको थियो।

एक छेउ सम्हालेर खेलेका पवन रथनायकेले ३७ बलमा ५८ रन बनाए। उनलाई १८औं ओभरमा शाहिन अफ्रिदीले आउट गरे। तर कप्तान दासुन शनाकाले अन्तिमसम्म संघर्ष जारी राखे। उनले ३१ बलमा अविजित ७६ रन बनाए।

अन्तिम ओभरमा श्रीलंकालाई जितका लागि २८ रन चाहिएको थियो। शाहिन अफ्रिदीको पहिलो बलमै चौका प्रहार गरेका शनाकाले त्यसपछि लगातार तीन छक्का हानेर खेल रोमाञ्चक बनाए। तर अन्तिम दुई बलमा ६ रन आवश्यक पर्दा दुवै बलमा रन लिन नसक्दा श्रीलंका २०७ रनमै रोकियो।

पाकिस्तानका लागि अबरार अहमदले ३ विकेट लिए भने शाहिन अफ्रिदी, नासिम शाह र उस्मान तारिकले समान १–१ विकेट लिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जितेर बाहिरिएको पाकिस्तान

जितेर बाहिरिएको पाकिस्तान

फाकुनले मच्छिन्द्रलाई हराए

फाकुनले मच्छिन्द्रलाई हराए

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

भगवतीले गोल बर्साउँदा सुजनको ह्याट्रिक

भगवतीले गोल बर्साउँदा सुजनको ह्याट्रिक

जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

संकटाको जितमा रिचार्डको ह्याट्रिक

संकटाको जितमा रिचार्डको ह्याट्रिक

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

 आलोचकलाई जवाफ दिँदै नेयमार

आलोचकलाई जवाफ दिँदै नेयमार