खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

काठमाडौं। सनथ जयसूर्याले श्रीलंका पुरुष राष्ट्रिय टोलीको मुख्यप्रशिक्षक पदबाट अलग हुने निर्णय गरेका छन्। टी–२० विश्वकपमा टोलीको लज्जास्पद बहिर्गमनसँगै उनले आफ्नो कार्यकाल अन्त्य गर्ने घोषणा गरेका हुन्।
पाकिस्तानविरुद्ध पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार सुपर ८ मा भएको साँघुरो हार श्रीलंकाको प्रतियोगिताको अन्तिम खेल सावित भयो। उक्त खेलमा पाकिस्तान ५ रनले पराजित भएको थियो।
समूह चरणमा आयरल्यान्ड, ओमान र अस्ट्रेलियालाई पराजित गर्दै सुपर ८ मा पुगे पनि टोलीले त्यस्तो सफलता दोहोर्याउन सकेन। सुपर ८ को पहिलो खेलमा इङ्ल्यान्डसँग ५१ रनले पराजित भएको श्रीलंकाले अर्को खेलमा न्युजिल्यान्डलाई ६१ रनको नतिजा सुम्पियो।
जयसूर्याले यसअघि नै प्रशिक्षक पद छोड्ने मन बनाइसकेको जनाएका छन्। यद्यपिm उनले श्रीलंका क्रिकेट (एसएलसी) लाई औपचारिक रूपमा जानकारी दिएका छैनन्। ५६ वर्षीय जयसूर्याले विश्वकप नै आफ्नो अन्तिम जिम्मेवारी हुने योजना धेरै अघिदेखि बनाएको खुलासा गरे।
उनले भने,‘अब जिम्मेवारी अरू कसैलाई दिने समय आएको जस्तो लाग्यो। त्यसैले करिब दुई महिनाअघि इङ्ग्ल्यान्ड सिरिजकै क्रममा मैले लामो समयसम्म यो पदमा नबस्ने संकेत दिएको थिएँ। त्यतिबेलै निर्णय गरिसकेको थिएँ। विश्वकपमा राम्रो नतिजासहित विदाइ हुने सोच थियो, तर चाहेजस्तो हुन सकेन, त्यसमा दुःखी छु।’
सार्वजनिक रूपमा आफ्नो निर्णय बताए पनि उनले तुरुन्तै पद त्याग नगर्ने स्पष्ट पारे। श्रीलंका टोलीले मार्च १३ देखि युएईमा अफगानिस्तानविरुद्ध सीमित ओभरको सिरिज खेल्ने तालिका छ। तर, मध्यपूर्वको जटिल परिस्थितिका कारण उक्त सिरिज अनिश्चित बनेको छ।
जयसूर्याले भने,‘मेरो सम्झौता जुनसम्म छ। मैले अहिलेसम्म एसएलसीलाई औपचारिक जानकारी दिएको छैन। उनीहरूलाई म यस्तो निर्णय सार्वजनिक गर्नेछु भन्ने पनि थाहा छैन। म गएर छलफल गर्नुपर्छ।’
जयसूर्याले २०२४ को टी–२० विश्वकपपछि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए र सुरुआत उत्साहजनक रह्यो। उनको नेतृत्वमा श्रीलंकाले अगस्ट २०२४ मा भारतविरुद्ध २७ वर्षपछि ऐतिहासिक एकदिवसीय द्विपक्षीय सिरिज जित हात पार्यो। टोलीले द ओभलमा टेस्ट जित्दै घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध २–० को टेस्ट सिरिजमा विजयसमेत हासिल गरेको थियो।
तर, कार्यकालको उत्तरार्धमा छोटो ढाँचामा प्रदर्शन खस्कियो। घरेलु मैदानमै आयोजित २०२६ को टी–२० विश्वकपमा श्रीलंकाले लगातार चार हार बेहोर्दै प्रारम्भिक चरणमै बाहिरिनु पर्यो। साथै २०२५ को एसिया कप र पाकिस्तानमा भएको टी–२० त्रिदेशीय सिरिजमा पनि निराशाजनक प्रदर्शन गरेको थियो।












-1772330907302.webp&w=3840&q=75)
-1772330189385.webp&w=3840&q=75)
