काठमाडौं । दोस्रो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट १६ खेलाडी छनोट भएका छन् ।
गण्डकी प्रदेश कराते टेक्निकल कमिटिले प्रतियोगिताका लागि पुरुषतर्फ ८ र महिलातर्फ ८ जना गरि १६ खेलाडी छनोट गरिएको जनाएको छ ।
पुरुषतर्फ ५० केजीमा बबिन गुरुङ, ५५ मा अकिंत गुरुङ, ६० केजीमा सक्षम लामा, ६७ केजीमा मनोज श्रेष्ठ, ७५ केजीमा सज्वल बुढाथोकी, ८४ केजीमा विशाल थापा मगर र ८४ केजीमाथिमा किरण महतो छनोट भएका छन् ।
एकल कातामा प्रभात पुन छनोट भएका छन् ।
महिलातर्फ ४५ केजीमा अपेक्षा थापा मगर, ५० केजीमा भुमिका बस्नेत, ५५ केजीमा मनिष पुन, ६१ केजीमा बिनिता अधिकारी र ६८ केजीमा विष्णु घर्ती छनोट भएका छन् ।
एकल काता विम्ला नेपाली र टिम कातामा विम्ला नेपाली, मनिशा राई र प्रतिक्ष शाह रहेका छन् ।
टिम प्रशिक्षकमा मनिश राज थापा र ज्ञ्यान्जो लामा रहेका छन् ।
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघ २६ देखि २८ गते सम्म सञ्चालन हुनेछ ।