काठमाडौं । दोस्रो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट १९ खेलाडी छनोट भएका छन् ।
लुम्बिनी प्रदेश कराते टेक्निकल कमिटिले प्रतियोगिताका लागि पुरुषतर्फ १० र महिलातर्फ ९ जना गरि १९ खेलाडी छनोट गरिएको जनाएको छ ।
पुरुषतर्फ ५० केजीमा अभिनास जिएम, ५६ मा राहुल चौधरी, ६० केजीमा यमबहादुर समाल, ६७ केजीमा निखिल गुरुङ, ७५ केजीमा प्रतिक कुँवर, ८४ केजीमा अनिश पाण्डे र ं८४ केजीमाथिमा नारायण गुरुङ छनोट भएका छन् ।
एकल कातामा आजात सिंह राना, टिम कातामा आजाल सिंह राना, किशन विक र हिमाल सुनार छनोट भएका छन् ।
महिलातर्फ ४५ केजीमा गीता विक, ५० केजीमा अनिता पुन मगर, ५५ केजीमा वर्षा बुढा मगर, ६१ केजीमा रक्षा शाही ठकुरी, ६८ केजीमा सम्पदा केसी र ६८ केजीमाथीमा दिया थापा छनोट भएका छन् ।
एकल काता पुजा दर्नाल र टिम कातामा एपुजा दर्नाल, छायाँ गुरुङ र कविता थापा रहेका छन् ।
टिम प्रशिक्षकमा मोहन लाल थापा र भुवन रोकाहा रहेका छन् ।
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघ २६ देखि २८ गते सम्म सञ्चालन हुनेछ ।