काठमाडौं । दोस्रो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट १४ खेलाडी छनोट भएका छन् ।
कर्णाली प्रदेश कराते टेक्निकल कमिटिले प्रतियोगिताका लागि पुरुषतर्फ ८ र महिलातर्फ ६ जना गरि १४ खेलाडी छनोट गरिएको जनाएको छ ।
पुरुषतर्फ ५० केजीमा ज्ञानेन्द्र सुनार, ५५ केजीमा मिसन रास्कोटी मगर, ६० केजीमा यज्ञवहादुर टमटा, ६७ केजीमा सेशन वोहरा, ७५ केजीमा सन्तोष सिंह ठकुरी, ८४ केजीमा नरेश प्रकास घर्ती र +८४ केजीमा समिर खत्री छनोट भएका छन् ।
एकल कातामा लक्ष्मण कुमार शाही, टिम कातामा लक्ष्मण कुमार शाही, मिसन रास्कोटी मगर र ज्ञानेन्द्र सुनार छनोट भएका छन् ।
महिलातर्फ ४५ केजीमा एलिसा रास्कोटी मगर, ५० केजीमा ममता नेपाली, ५५ केजीमा प्रेयङ्का शाही, ६१ केजीमा प्रियंका शाही, ६८ केजीमा सन्जिता नेपाली र +६८ केजीमा शुक्मा नेपाली छनोट भएका छन् ।
एकल काता एलिसा रास्कोटी मगर र टिम कातामा एलासा रास्कोटी मगर, प्रेयङ्का शाही र ममता नेपाली रहेका छन् ।
टिम प्रशिक्षकमा प्रदिप कुमार राई र रमेश नेपाली रहेका छन् ।
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघ २६ देखि २८ गते सम्म सञ्चालन हुनेछ ।