काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले रुस्लान थ्री स्टार क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
हलचोकस्थित एपीएफको मैदानमा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले २ - १ को अग्रता बनाएको छ । सरस्वतीले लिएको सुरुवाती अग्रता उल्टाएर थ्री स्टारले अग्रता बनाएको हो ।
खेलको तेस्रो मिनेटमै पाएको पेनाल्टीमा भिक्टर आमोबीले गोल गर्दै सरस्वतीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १५ औं मिनेटमा थ्री स्टारका रञ्जित धिमालले पेनाल्टीमा गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ३४ औं मिनेटमा निराजन खड्काले गोल गरेपछि थ्री स्टारले पहिलो हाफमा २ - १ को अग्रता बनाएको हो ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
लिगको उपाधि दाबेदार क्लब थ्रीस्टारको लक्ष्य सरस्वतीलाई पराजित गर्दै शीर्ष स्थानको मनाङ माथि दबाब सिर्जना गर्नुहुनेछ ।
बिदेशी खेलाडीको प्रभावमा लिगमा अप्रत्यासित निकाल्न माहिर सरस्वती समेत थ्री स्टारलाई हराउँदै उपाधि होडको समिकरण प्रभावित पार्न चाहन्छ ।
थ्री स्टार १२ अंक सहित तालिकाको चौथो स्थानमा छ । सरस्वती ६ अंक सहित आठौ स्थानमा छ ।