काठमाडौं । काठमाडौंमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सबाट लुम्बिनी अल स्टारले १ सय ६० रनको लक्ष्य पाएको छ ।
जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाउँदा १ सय ६० रनको लक्ष्य दिएको हो ।
जनकपुरका खेलाडी मैदान आउन ढिला गरेपछि खेल १७ ओभरमा छोट्याईएको थियो ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन बनायो ।
जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा अविजित ४७ रन बनाउँदा शरफुदिन असरफले १८ बलमा ३४ रन बनाए।
खडक बोहोरा २२ रनमा आउट हुँदा शमिउल्लाह शिनवारीले २० रन बनाए । जनकपुरले अन्तिम पाँच ओभरमा २ विकेट गुमाएर ७२ रन बनाएको थियो ।
लुम्बिनीका लागि सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान २/२ तथा प्याट ब्राउन र इशाान पाण्डेले समान १/१ विकेट लिए ।
नौ खेल खेलेर ८ जित तथा १ हार हात पारेको लुम्बिनी क्वालिफायरमा पुगिसकेको छ । आजको खेल जितेर उच्च मनोबलका साथ क्वालिफायर खेल्न लुम्बिनी चाहान्छ ।
९ खेलमा १६ अंक सहित लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
नौ खेलमा छ जित र तीन हार हात पारेको जनकपुर आजको खेल जितेर दोस्रो स्थान पक्का गर्न चाहान्छ । १२ अंक सहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा लुम्बिनीले जनकपुरलाई ५ रनले हराएको थियो ।
यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।