काठमाडौं । पाकिस्तानका लेग स्पिनर शादब खानले न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिज गुमाउने भएका छन् ।
चोटका कारण उपकप्तान खानले न्युजिल्याण्डविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
अष्ट्रेलियाको बिग बास लिगको दौरान औलाको चोट बोकेपछि खानले सिरिज गुमाउने भएका हुन् ।
पाकिस्तानले एकदिवसीय सिरिज खेल्ने टिममा उनलाई राखेको छैन ।
उनको स्थानमा अनक्याप्ड २७ वर्षीय लेग स्पिनर उसामा मीरलाई राखिएको छ ।
पाकिस्तानले घरेलु मैदानमा न्युजिल्याण्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो खेल जनवरी १९ मा रहेको छ ।