काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा आज शुक्रबार दुई खेलहरु हुँदैछन् ।
शुक्रबारको पहिलो खेलमा जनकपुर रोयल्स र लुम्बिनी अल स्टारबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ।
नौ खेल खेलेर ८ जित तथा १ हार हात पारेको लुम्बिनी क्वालिफायरमा पुगिसकेको छ । आजको खेल जितेर उच्च मनोबलका साथ क्वालिफायर खेल्न लुम्बिनी चाहान्छ ।
९ खेलमा १६ अंक सहित लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
नौ खेलमा छ जित र तीन हार हात पारेको जनकपुर आजको खेल जितेर दोस्रो स्थान पक्का गर्न चाहान्छ । १२ अंक सहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा लुम्बिनीले जनकपुरलाई ५ रनले हराएको थियो ।
शुक्रबार नै हुने दोस्रो खेलमा विराटनगर सुपर किंग्स र फार वेस्ट युनाईटेडबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।
आठ खेलमा तीन जित पाँच हार हात पारेको विराटनगर आजको खेल जितेर प्लेअफको सम्भाबना मजबुत बनाउँन चाहान्छ । आठ खेलमा ६ अंकका साथ विराटनगर अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
आठ खेलमा दुई जित हात पारेको फार वेस्टका लागि प्लेअफको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्नेछ । फार वेस्ट ४ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा फार वेस्टलाई विराटनगरले ६ विकेटले हराएको थियो । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ ।
यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।