काठमाडौं । दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टोली भारतले श्रीलंकाबाट २ सय ७ रनको लक्ष्य पाएको छ ।
पुनेमा रहेको एमसीए क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनायो ।
यो ईनिङमा सात नोबल भएको थियो । अर्शदिप सिंहले मात्र ५ नोबल गरेका थिए ।
श्रीलंकाले २० रन फ्रिहिटमा बनाएको थियो । यस ईनिङमा १४ छक्का प्रहार भएको थियो ।
श्रीलंकाका लागि दशन शनकाले २२ बलमा २ चौका र ६ छक्काको सहयोगमा ५६ रन बनाए ।
कुशल मेन्डिसले ३१ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । चरिथ असलंकाले ३७ रन बनाउँदा पथुम निशंका ३३ रनमा आउट भए ।
भारतका लागि उमरान मल्लिकले ३ तथा अक्षर पटेलले २ विकेट लिए । युजभेन्द्र चहलले १ विकेट आफ्नो नाम गरे ।
तीन खेलको सिरिजमा घरेलु टोली २-० ले अघि रहेको छ । पाहुना टोलीलाई सिरिजको सम्भावना कायम राख्न आजको जित्नै पर्ने छ ।
घरेलु टोली भने आजको खेल जितेर सिरिज एक खेल अगाबै जित्न चाहान्छ ।