काठमाडौं । घरेलु टोली पाकिस्तानले न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।
तैयव ताहिरलाई पहिलो पटक टोलीमा समेटेर बाबर अजामको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो । २९ वर्षीय ताहिरले ४९ लिस्ट 'ए' खेलमा ३ शतक र १५ अर्धशतक बनाएका छन् ।
नियमित उप-कप्तान शादाब खानलाई टोलीमा रहेका छैनन् । शादाब हाल बिग ब्यास लिगमा होबार्ट हरिकेन्सको टिममा रहेका छन् । उनको स्थानमा अनक्याप्ड २७ वर्षीय लेग स्पिनर उसामा मीरलाई राखिएको छ ।
हालै टेस्ट टोलीमा समावेश भएका कमरन गुलामलाई पनि एकदिवसीय टोलीमा समावेश गरिएको छ ।
न्युजिल्याण्ड विरुद्धको तीन खेलको एकदिवसीय सिरिज १९ जनवरीबाट सुरु हुनेछ ।
पाकिस्तान टोली
बाबर आजम (कप्तान), फखर जमान, हारिस रउफ, हारिस सोहेल, इमाम उल हक, कमरन गुलाम, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहम्मद रिजवान ( विकेटकीपर), मोहम्मद वसीम , नसीम शाह, सलमान आगा, शाहनवाज दहनी, शान मसुद, तैयब ताहिर, र उसामा मीर
