काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा काठमाडौं नाईट्सलाई पराजित गरेको फार वेस्ट युनाईटेडको प्लेअफ सम्भाबना कायमै रहेको छ ।
टियु मैदान किर्तिपुरमा फार वेस्टले काठमाडौंसँग ८४ रनको जित हात पारेको हो ।
फार वेस्टले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनायो ।
काठमाडौंका लागि कमलसिंह ऐरीले २१ बलमा २० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप रजालीले समान १७/१७ रन बनाउँदा सुनाम गौतम १६ रनमा आउट भए । विरनदिप सिंह १४ रनमा आउट हुँदा सन्तोष कार्की १२ रनमा आउट भए ।
फार वेस्टका लागि करण केसी,दुर्गेश गुप्ता र कप्तान हसमतुल्लाह शाहिदीले समान २/२ तथा मिलण्डा सिरिबद्र्धने,प्रकाश जैशी र शेर मल्लले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनायो ।
फार वेस्टका लागि हसमतुल्लाह शाहिदी र विनोद भण्डारीले अर्धशतकीय ईनिङ खेले । हसमतुल्लाहले ५७ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७६ रन बनाए । भण्डारीले ४४ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७३ रन बनाए।
करण केसीले अविजित २२ रन बनाउँदा उमर अलि ७ रनमा अविजित रहे ।
१६.३ ओभरमा १ सय ५७ रन दिएर १ विकेट लिएको काठमाडौंले त्यसपछि खेलमा पुनरागमन गरेर फार वेस्टलाई १ सय ९७ रनमा रोक्न सफल रह्यो ।
काठमाडौंका लागि बसिर अहमदले एकै ओभरमा नुर अहमद,७६ रनमा खेलिरहेका कप्तान शाहिदी तथा मिलण्डा सिरिबद्र्धनेको विकेट लिएर काठमाडौंलाई खेलमा फर्काए । अविनाश बोहोराले १ विकेट लिए ।
फराकिलो जितसँगै प्लेअफ सम्भावना कायमै राखेको फार वेस्टले आठ खेलमा दुई जित हात पारेर ४ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।
हारका बाबजुद पनि प्लेअफ सम्भावना कायमै रहेको काठमाडौंको नौ खेलमा चार जित पाँच हार हात पारेको काठमाडौं नौ खेलमा ८ अंकका साथ काठमाडौं अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा पनि फा वेस्टले काठमाडौंलाई हराएको थियो ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।