काठमाडौं । काठमाडौंमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा काठमाडौं नाईट्सलाई फार वेस्ट युनाईटेडले जितको लागि १ सय ९८ रनको लक्ष्य पाएको छ ।
फार वेस्टका लागि विनोद भण्डारी र कप्तान हजमतुल्लाह शाहिदीले १ सय ५७ रनको शतकीय साझेदारी गरे ।
नेपाल टी-ट्वान्टी लिगको ईतिहासमा कुनै पनि विकेटका लागि भएको यो सबैभन्दा ठूलो साझेदारी हो । यस अघि चाल्टिक वाल्टन तथा सन्दिप जोराले फार वेस्ट युनाईटेडका विरुद्धमा तेस्रो विकेटका लागि १ सय ५१ रनको साझेदारी गरेका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनायो ।
फार वेस्टका लागि हसमतुल्लाह शाहिदी र विनोद भण्डारीले अर्धशतकीय ईनिङ खेले । हसमतुल्लाहले ५७ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७६ रन बनाए । भण्डारीले ४४ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७३ रन बनाए।
करण केसीले अविजित २२ रन बनाउँदा उमर अलि ७ रनमा अविजित रहे ।
१६.३ ओभरमा १ सय ५७ रन दिएर १ विकेट लिएको काठमाडौंले त्यसपछि खेलमा पुनरागमन गरेर फार वेस्टलाई १ सय ९७ रनमा रोक्न सफल रह्यो ।
काठमाडौंका लागि बसिर अहमदले एकै ओभरमा नुर अहमद,७६ रनमा खेलिरहेका कप्तान शाहिदी तथा मिलण्डा सिरिबद्र्धनेको विकेट लिएर काठमाडौंलाई खेलमा फर्काए । अविनाश बोहोराले १ विकेट लिए ।
आठ खेलमा चार जित पाँच हार हात पारेको काठमाडौं आजको खेल जितेर प्लेअफको सम्भाबना मजबुत बनाउँन चाहान्छ । आठ खेलमा ८ अंकका साथ काठमाडौं अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।
सात खेलमा एक जित हात पारेको फार वेस्टका लागि प्लेअफको झिनो सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्नेछ । फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।