काठमाडौं । जनकपुर रोयल्स पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको प्लेअफमा स्थान पक्का गर्ने दोस्रो टोली भएको छ ।
टियु मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ६६ बल अगाबै ६ विकेटले पराजित गरेको हो ।
पोखराबाट जितको लागि ६९ रनको सामान्य लक्ष्य जनकपुरले ६६ बल अगाबै ४ विकेट गुमाएर पूरा गर्यो ।
यस लिगको ईतिहासमा धेरै बल बाँकी रहँदै भएको यो पहिलो जित हो । यस अघि यसै संस्करणको पहिलो खेलमा जनकपुरले पोखरालाई १४ बल बाँकी रहदै पराजित गरेको थियो ।
जनकपुरका लागि सरफुदिन असरफले २७ बलमा ३७ रन बनाउँदा कप्तान ट्राभोन ग्रिफिथ १७ रनमा आउट भए । पवन सराफ ४ रनमा अविजित रहे ।
असन प्रियरन्जन १ रन बनाएर आउट हुँदा दिलिप नाथले १ रन बनाए ।
पोखराका लागि कुशल मल्लले ३ तथा असिथा फर्नान्डोले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले १२ ओभरमा अलआउट हुँदै ६८ रन बनायो ।
पोखराका लागि सिद्धान्त लोहनी १७ रनमा आउट हुँदा आसिफ शेख र कुशल मल्लले समान १६/१६ रन बनाए ।
पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
जनकपुरका लागि सोमपाल कामीले ३ तथा सरफुदिन असरफ र ललित नारायण राजवंशीले समान २/२ विकेट लिए ।
नौ खेल खेलेर ६ जित तथा ३ हार हात पारेको जनकपुर आजको खेल जिते पश्चात प्लेअफमा आफ्नो स्थान बनाउँने दोस्रो टोली भएको छ । यस अघि लुम्बिनी अल स्टार प्लेअफ पुगि सकेको छ ।
९ खेलमा १२ अंक सहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
नौ खेलमा तीन जित र छ हार हात पारेको पोखरालाई प्लेअफको सम्भावना हार पश्चात पनि झिनो सम्भावना भने कायमै रहेको छ ।
६ अंक सहित पोखरा अंक तालिकाको पाँचौ स्थानमा झरेको छ ।
यही संस्करणको पहिलो भेटमा पनि जनकपुरले पोखरालाई हराएको थियो ।
आज नै हुने दोस्रो खेलमा काठमाडौं नाईट्स र फार वेस्ट युनाईटेडबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।