काठमाडौं । काठमाडौंमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुरले जितको लागि ६९ रनको लक्ष्य पाएको छ ।
जनकपुरका लागि सोमपाल कामीले २ ओभरमा ८ रन दिएर ३ विकेट लिएका थिए ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १२ ओभरमा अलआउट हुँदै ६८ रन बनायो ।
पोखराका लागि सिद्धान्त लोहनी १७ रनमा आउट हुँदा आसिफ शेख र कुशल मल्लले समान १६/१६ रन बनाए ।
पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
जनकपुरका लागि सोमपाल कामीले ३ तथा सरफुदिन असरफ र ललित नारायण राजवंशीले समान २/२ विकेट लिए ।
आठ खेल खेलेर ५ जित तथा ३ हार हात पारेको जनकपुर आजको खेल जितेर प्लेअफमा आफ्नो स्थान बनाउँन चाहान्छ ।
८ खेलमा १० अंक सहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। आठ खेलमा तीन जित र पाँच हार हात पारेको पोखरालाई प्लेअफको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ ।
हार पश्चात पनि झिनो सम्भावना भने कायमै रहन्छ ।
६ अंक सहित पोखरा अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा जनकपुरले पोखरालाई ५ विकेटले हराएको थियो ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।