काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा आज बिहिबार दुई खेलहरु हुँदैछन् ।
बिहिबारको पहिलो खेलमा जनकपुर रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ।
आठ खेल खेलेर ५ जित तथा ३ हार हात पारेको जनकपुर आजको खेल जितेर प्लेअफमा आफ्नो स्थान बनाउँन चाहान्छ ।
८ खेलमा १० अंक सहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। आठ खेलमा तीन जित र पाँच हार हात पारेको पोखरालाई प्लेअफको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ ।
हार पश्चात पनि झिनो सम्भावना भने कायमै रहन्छ ।
६ अंक सहित पोखरा अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा जनकपुरले पोखरालाई ५ विकेटले हराएको थियो ।
बिहिबार नै हुने दोस्रो खेलमा काठमाडौं नाईट्स र फार वेस्ट युनाईटेडबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।
आठ खेलमा चार जित पाँच हार हात पारेको काठमाडौं आजको खेल जितेर प्लेअफको सम्भाबना मजबुत बनाउँन चाहान्छ । आठ खेलमा ८ अंकका साथ काठमाडौं अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।
सात खेलमा एक जित हात पारेको फार वेस्टका लागि प्लेअफको झिनो सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्नेछ । फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।
दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।