काठमाडौं । आयरल्यान्डविरुद्धको टी-ट्वान्टी सिरिजका लागि घरेलु टोली जिम्बाब्वेले आफ्नो टोलीको घोषणा गरेको छ।
क्रेग इर्भानको कप्तानीमा घोषित १५ सदस्सीय टोलीमा जिम्बाब्वेका केही महत्वपुर्ण खेलाडीलाई समेटिएको छैन ।
गत वर्ष अस्ट्रेलियामा भएको आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप खेलेको टोलीमा चार परिवर्तन गरिएको छ ।
सिकन्दर राजा, ब्लेसिङ मुजरबानी, रेजिस चाकाबा र मिल्टन शुम्बाले तीन खेलको टीट्वान्टी सिरिजमा टोलीबाट बाहिरिएका छन् ।
राजा सो समयमा बंगलादेश प्रिमियर लिगमा व्यस्त रहने बुझिएको छ । राजालाई जिम्बाबेको क्रिकेट बोर्डले नै बंगलादेश प्रिमियर लिग खेल्ने अनुमती दिएको हो ।
मुजरबानीले चोटका कारण यो सिरिज गुमाउने छन् ।
जसमा इङ्ल्यान्डका पूर्व खेलाडी ग्यारी ब्यालेन्सलाई समावेश गरिएको छ । जसले हालै घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जिम्बाब्वे क्रिकेटसँग दुई वर्षको सम्झौता गरेका थिए।
जिम्बाबे र आयरल्याण्डबीचको तीन खेलको टी-ट्वान्टी सिरिज जनवरी १२, १४ र १५ मा हरारेमा हुनेछ ।
जिम्बाबे टोली
क्रेग इर्भान (कप्तान), ग्यारी ब्यालेन्स, रायन बर्ल, टेन्डाई चतारा, ब्राडली इभान्स, ल्युक जोङ्गी, इनोसेन्ट काइ, क्लाइभ मदान्डे, वेस्ली माधिभेरे, ताडिवानाशे मारुमानी, वेलिङ्गटन मसाकाद्जा, टोनी मुन्योङ्गा, रिचर्ड नगाराभा, भिक्टर न्याउछी र सिन विलियम्स
