काठमाडौं । तिव्र गतिका बलर जसप्रित बुमराहलाई समेट्दै घरेलु टोली भारतले श्रीलंकाविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ ।
रोहित शर्माको कप्तानीमा १७ सदस्सीय टोलीको घोषणा गरिएको हो ।
बुमराह २०२२ को सेप्टेम्बरदेखि मैदानबाहिर रहेका थिए ।
भारत र श्रीलंकाबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।
भारतले जनवरी १०, १२ र १५ मा श्रीलंका तीन एकदिवसीय खेल खेल्नेछ ।
भारतीय टोली :
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, सुर्यकुमार यादव, श्रेयस अय्यर, केएल राहुल, इशान किशन, हार्दिक पाण्ड्या (उपकप्तान), वाशिङ्गटन सुन्दर, युजभेन्द्र चहल, कुलदीप यादव, अक्षर पटेल, जसप्रित बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज, उमरान मलिक र अर्शदीप सिंह