काठमाडौं । नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र एपीएफका अमरलाल मल्ल १० औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा स्यान्टुले काठमाडौंका चन्दन शाहीलाई ११–८, ११–५, ७–११, ११–१ र ११–७ तथा अमरले आफ्नै क्लबका शिवसुन्दर गोथेलाई ६–११, ११–७, १३–११, ११–६ र ११–३ को सेटमा पराजित गरे ।
महिला सिंगल्समा प्रहरीकी नविता श्रेष्ठले एपीएफकी सेलिशा खड्गीलाई १४–१२, ९–११, ११–९, ११–२ र ११–५ तथा टाइम्स इन्टरनेसनलकी रविना महर्जनले प्रहरीकी एलिना महर्जनलाई १४–१२, ११–७, १४–१२, २–११ र ११–४ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।