काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले रुस्लान थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले १ - ० को अग्रता बनाएको छ । खेलको २५ औं मिनेटमा रन्जन बिष्टको गोलबाट थ्री स्टारले अग्रता बनाएको हो ।
खेलको २५ औं मिनेटमा सुनिल बलको पासमा रन्जनले पुर्व क्लब एपीएफविरुद्ध गोल गरेका हुन् ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।