काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ ।
सिड्नीमा शनिबार भएको दोस्रो एकदिवसीयमा ७२ रनको जित निकाल्दै अष्ट्रेलिया सिरिज एक खेल अगाबै जितेको हो।
यस जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ । दुई टोलीबीचको तेस्रो एकदिवसीय मंगलबार हुनेछ ।
अष्ट्रेलियाले दिएको २ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ३८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८ रन मात्र बनाउन सक्यो ।
इंग्ल्यान्डका लागि साम विलिङ्सले ७१ रनको अर्धशतकीय इनिङ खेल्दा जेम्स भिन्सले ६० रनको अर्धशतकीय इनिङ खेले । फिल साल्ट २३ रन तथा लियाम डसनले २० रन बनाएर आउट भए ।
अष्ट्रेलियाका मिचेल स्टार्कले र एडम जाम्पाले ४/४ विकेट लिए । जोस हाजलउडले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ९४ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै मार्नुस लाबूसेनले ५८ रनको अर्धशतकीय इनिङ खेल्दा मिचेल मार्शले ५० रनको अर्धशतकीय इनिङ खेले ।
टार्भिस हेड १९ तथा डेभिड वार्नर १६ रनमा आउट भए । एस्टन अगर १८ रनमा अविजित रहे ।
इंग्ल्यान्डका आदील राशिदले ३ तथा क्रिस वोक्स र डेभिड विलिले २/२ विकेट लिए ।
