काठमाडौं । नेपालको नम्बर एक गल्फर शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल काठमाडौं ओपन गल्फको दोस्रो दिन पनि आफ्नो अग्रता कायम राखेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा बुधबार ४ अन्डर ६४ स्कोर जोड्दै कुल १० अन्डर १२६ स्कोरकार्डसहित शिवरामले अग्रता कायम राखेका हुन् । उनले दोस्रो स्थानको विकास अधिकारीलाई ४ स्ट्रोक्सले पछि पारेका छन् । विकासले बुधबार ४ अन्डर ६४ स्कोर जोडेका थिए ।
बुधबार १ अन्डर ६७ स्कोर जोडेर कुल १३२ स्कोर कार्डसहित रामे मगर तेस्रो स्थानमा छन् ।
भुवन नगरकोटी र टंक बहादुर कार्कीलाई २ स्ट्रोकले पछि पारेका हुन् । ४ अन्डर ६४ स्कोर जोडेर भुवन र टंक संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन् ।
धन बहादुर थापा २ अन्डर १३४ स्कोरसहित चौथो र इभन पार १३६ स्कोरसहित सुर्य प्रसाद शर्मा पाँचौ स्थानमा रहेका छन् ।
प्रतियोगितामा ३३ प्रोफेसनल र ८ एमेच्योरसहित कुल ४१ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ३६ होलको प्रतियोगितामा शीर्ष २१ प्रोफेसनल र ६ एमेच्योरले फाइनल चरणमा स्थान बनाउने छन् ।
विजेताले ९५ हजार, उपविजेताले ६५ हजार र तेस्रोले ५५ हजार पाउनेछन् ।