लामालाई ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्ड

काठमाडौं । नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाले ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्ड प्रदान गरेको छ ।
भारतको लखनउमा विश्व कुङफु दिवसका आयोजित कार्यक्रम लामालाई नगद १ लाख ६० हजार रुपैयाँसहित कदर पत्र प्रदान गरी सम्मान गरिएको हो ।
नेपाल, भारतलगायत अन्य राष्ट्रमा पनि कुङफु खेलको विकास र विस्तारमा समन्वयकारी भूमिका निर्वाह गरी उल्लेखनिय योगदान पु¥याएवापत लामालाई सम्मान गरिएको नेपाल उमा कुङफु संघले जनाएको छ ।
लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाका अध्यक्ष एसएम बोब्डे, महासचिव मन्जु त्रिपाठीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
अध्यक्ष लामाले अवार्ड पाएकोमा खुशी व्यक्त गर्दै सम्मानले कुङफु खेलको विकास र विस्तारमा कृयाशिल रहन अझ हौसला र प्रेरणा मिलेको बताए ।
नेपाल उमा कुङफु संघका प्रथम उपाध्यक्ष सन्जीतकुमार राईले आफ्ना अध्यक्षलाई सम्मान गरेकोमा सिंगो उमा कुङफु परिवारले गौरवान्वित महशुस गरेको बताउदै लामाको अतुल्नीय योगदानको कदर गरी सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
‘नेपालमा उमा कुङफुको विकास र विस्तारमा उहाँ (सिद्धार्थ लामा) को ठूलो योगदान छ । खेलाडीलाई स्वदेश तथा विदेशमा प्रतियोगिता र तालिममा सहभागिताका लागि अवसर दिलाउन उहाँ हरदम कृयाशिल रहनु भयो ।’ उपाध्यक्ष राईले भने– ‘विगत १० वर्षदेखि उमा कुङफुलाई भारतमा विस्तार गर्न त्यहाँका पदाधिकारीलाई सहयोग गरिरहनु भएको छ । त्यसैले पनि उहाँको कामको कदर गर्दै सम्मान गरिएको हो । अन्य राष्ट्रमा पनि उमा कुङफुको विस्तारका लागि उहाँले समन्वयकारी भूमिका निर्वाह गरिरहनु भएको छ । उहाँकै कुशल नेतृत्व र व्यवस्थापनमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता हासिल गरेको छ ।’
नोभेम्बरमै लखनउमा हुने राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपाल उमा कुङफुको प्राविधिक टोलीले सञ्चालन गर्ने सहमति भएको लामाले जानकारी गराउदै चाँडै भारतको गोरखपुरमा इन्डो–नेपाल कुङफु च्याम्पियनसिप आयोजना गर्न दुई पक्षबीच सहमति भएको पनि अवगत गराए ।
नेपाल उमा कुङफु संघका संस्थापक समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक लामाले भारतमा महिलालाई आत्मरक्षा सम्बन्धी तालिम पनि दिएका छन् । लामाले हालै बेलायतमा सम्पन्न युरोपियन च्याम्पियनसिपको फम्स इभेन्टमा मुख्य जजको भूमिका निर्वाह गरेका थिए ।






-1752559246.jpeg&w=3840&q=75)
-1751282194.jpeg&w=3840&q=75)


-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


