काठमाडौं । डिगम चेम्जोङ र लली तामाङले १० औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् ।
ह्विलचेयरतर्फ पुरुष सिंगल्स फाइनलमाअखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष स्टेन्डिङ सिंगल्समा मिलन पौडेल पहिलो भए । सोही स्पर्धाको महिला फाइनलमा ललीले सोनिका ढकाललाई ९–११, १३–११, ११–८ र ११–६ को सेटमा हराइन् ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष स्टेन्डिङ सिंगल्समा मिलन पौडेल पहिलो भए । उनले फाइनलमा निकेश विश्वकर्मालाई ११–५, ११–८ र ११–७ को सोझो सेटमा पाखा लगाए । उक्त स्पर्धाको महिलामा पूजा सोतीले निरुता मगरलाई ११–८, १२–१० र ११–६ को सीधा सेटमा हराउदै पहिलो भइन् ।
बहिरातर्फ महिला सिंगल्समा लक्ष्मी महर्जन च्याम्पियन बनिन् । लक्ष्मीले उपाधि भिडन्तमा विष्णु महर्जनलाई ४–११, ११–४, ११–२ र ११–४ ले निराश पारिन् ।
स्कुलतर्फ यु–१२ ब्वाइज सिंगल्समा ग्रिनफिल्डका हिमाल विष्टले प्रोक्सिमाका रमन थापा मगरलाई ११–९, १४–१२ र ११–४ ले फाइनलमा पन्छ्याउदै स्वर्ण जिते ।
प्रतियोगिताको नेपाल इन्भेष्मेन्ट बैंक लिमिटेडका डपुटी जनरल म्यानेजर विजेन्द्र सुवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा ६ जिल्लाका २ सय ५० खेलाडीले विभिन्न ३४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।