काठमाडौं । नेपालगन्ज म्याराथनको उपाधि विभागीय टिम नेपाल पुलिसका भुमिराज राईले जितेका छन् ।
शनिबार बिहान भएको प्रतियोगितामा निर्धारित दुरी २ घण्टा ३३ मिनेट २० सेकेन्डमा पुरा गर्दै राई पहिलो भएका हुन् । उपाधिसंगै उनले ६० हजार रुपैयाँ प्राप्त गरे ।
एपीएफका खिमबहादुर खत्री दोस्रो भए । उनले निर्धारित दुरी २ घण्टा ३५ मिनेट ३२ सेकेन्डमा पुरा गरे । उनले नगद ३० हजार रुपैयाँ प्राप्त गरे ।
एपीएफकै गणेश ठकुरीले तेस्रो स्थानमा हात पारे । उनले निर्धारित दुरी २ घण्टा ४७ मिनेट २८ सेकृेन्डमा पार गरे । उनले २० हजार रुपैयाँ प्राप्त गरेका थिए ।
बर्दियाका बलबहादुर सुनार, प्रहरीका भीमबहादुर रोकाय, प्रमोद खड्का, गोपाल बुढा र बाँकेका मोरी ग्यानरुक क्रमशः चौथोदेखि आठौ भएका छन् ।