सेरेना विलियम्सको पहिलो ग्राण्डस्लाम कथा

काठमाडौं । जसरी कथा अघि बढ्छ, सेरेना विलियम्सको उदय उनको जन्म हुनु अघिदेखि नै सुरु हुन्छ ।
सन् १९७९ मा सेरेना विलियम्सका बुबा रिचर्ड टिभीमा महिला टेनिस खेल हेरिरहेका थिए। त्यो दिन उनले रोमानियाली खेलाडी भर्जिनिया रुजिसीले ४० हजार अमेरिकी डलर जितेको देखे । यो पैसा रिचर्डको वार्षिक तलब भन्दा लगभग ४ हजार डलर भन्दा बढी थियो ।
रिचर्ड २० वर्षपछि त्यो कुरा सम्झिन्छन् ।
'मैले गएर श्रीमतीलाई भने हामीले दुई छोरीहरू जन्माउनु पर्छ। उनीहरुलाई टेनिस खेलाडी बनाउनु पर्छ। म ३७ वर्षको थिएँ र टेनिसको बारेमा केही थाहा थिएन। मलाई लाग्यो कि हामीले छोरीहरुलाई सिकाउन सक्छौं। के थाहा कुनैदिन उनीहरूले यूएस ओपन जित्न सक्छन्।'
२६ सेप्टेम्बर १९८१ मा, सेरेना विलियम्सको जन्म भयो । उनकी दिदि भेनस विलियम्स जन्मिएको १५ महिना पछि ।
'यी दुई सानी बच्ची भित्र एक आक्रमकता थियो,' उनीहरूको खेल विकासमा मार्गदर्शन गरेकी फ्लोरिडा कि कोच रिक म्याकी भन्छन्, 'उनीहरू भर्खर तयार हुँदै थिइन्। ९/१० वर्षका हुँदा मैले फोन गरेर भने । उनीहरू विश्व नम्बर एक हुनेछन् । खेलकुदमा नया कहानी लेख्नेछन।'
अगस्ट १९९९ मा, भेनसले राम्रो पैसा कमाउन थालिसकेकी थिइन्। अग्ली र प्रभावशाली १९ वर्षीयाले पहिले नै सातवटा उपाधि जितिसकेकी थिइन्। उनी डब्ल्यूटीएको वरीयतामा तेस्रो स्थानमा आएकी थिइन् ।
तर सेरेनाले पहिले उपलब्धि हासिल गर्ने निश्चित थियो। त्यस वर्षको यूएस ओपनमा उनको जितले विश्व खेलकुदमा लेजेन्डको उदय भयो।
अहिले २३ वर्षपछि लगभग सबै सकियो । केहि बाँकी रहेन । सेरेनाले सबै पूरा गरिन्।
'म यसलाई घृणा गर्छ,' सेरेनाले आफ्नो आसन्न सन्यासको अन्तिम महिनामा लेखिन, 'म यो समाप्त होस् भन्ने चाहन्न।'
सेरेनाले सन् १९९८ मा युएस ओपनमा डेब्यु गरिन्। डेब्युमा उनी तेस्रो राउण्डबाट बाहिरिएकी थिइन् । तर पछि, सेरेना र भेनसले प्रभुत्व जमाउन थालेपछि विलियम्स परिवारले न्यूयोर्कमा दर्शकबाट भने साथ पाउन सकेन ।
लेखक एसएल प्राइस भन्छिन्, 'भेनस र सेरेनाकी आमा ओरेसिनका अनुसार उनीहरूले वर्षौंसम्म दर्शकबाट चिसो महसुस गरे। लगभग १० वर्षसम्म यूएस ओपनमा दर्शकले उनीहरूलाइ समर्थन गरेनन्।'
'उनीहरूले आफ्नै घरको प्रतियोगितामा एक्लो महसुस गरे। कारण: सेरेना र भेनस काला जातिका थिए। उनीहरू गोरा दर्शकको बाहुल्यता भएको कोर्टमा अफ्रिकी अमेरिकी महिला थिए।'
भेनसले सन् १९९७ को युएस ओपन डेब्युमा भनेकी थिइन्,'म अग्ली छु । म काली छु। मेरो बारेमा सबै फरक छ। यो तथ्यको सामना गर्नुहोस्।'
१९९९ को त्यो समरसम्म धेरै मानिसहरूले रिचर्ड विलियम्सको भविष्यवाणीलाई बेवास्ता गरेका थिए। उनको भविष्यवाणी थियो कि उनका दुई टेनिस प्रतिभावान छोरीहरु मध्ये दिदि भेनस भन्दा सेरेना राम्रो खेलाडी हुनेछिन् ।
१९९९ युएस ओपन, भेनस सेमिफाइनलमा मार्टिना हिङ्गिससँग पराजित भएकी थिइन् । सेरेना मार्टिनासँग खेल्नको लागि आर्थर एशेको कोर्टमा हिंड्दै गर्दा भेनसले स्ट्यान्डबाट हेरिन। कालो हुडी उनको अनुहार वरिपरि कसिएको थियो।
यो एक राम्रो म्याच अप थियो। सेरेना शालीन तर शक्तिशालि भएर खेलिन। मार्टिनाविरुद्ध एक शानदार रणनीति बनाएर दौडिन।
'हामी यिन र याङ जस्तै थियौं,' मार्टिना भन्छिन् । जो आफैं मात्र १८ वर्षकी थिइन् तर पाँच पटकको ग्रान्डस्लाम विजेता भइसकेकी थिइन् ।
सेरेनाले पहिलो सेट ६–३ ले कब्जा गरिन् । उनी अद्भुत देखिन्थिन् । दोस्रो सेटमा उनले ५–३ को अग्रता लिएकी थिइन्। त्यसपछि अचानक उनी क्र्याक भइन्, दुई च्याम्पियनसिप पोइन्टहरू गुमाइन ।
'सेरेनाले लिड गरिरहेकी थिइन्, म सधैं पछि छु जस्तो लाग्थ्यो। म रक्षात्मक भएको थिएँ, तर उनले ती दुई म्याच पोइन्ट गुमाउँदा मैले पुनर्जन्म पाएँ,' मार्टिनाले त्यस दिन भनिन्।
त्यतिन्जेल, सेरेना थकित देखिन्थिन। बेसलाइनको पछाडी उभिएर उनले आफ्नो चम्किलो पहेलो पोशाकलाई आफ्नो मुखबाट पसिना पुछ्न प्रयोग गरिन् । उनी आफ्नो अगाडिको मैदानमा निरास नजरले हेरिरहेकी थिइन् । घामको किरण र स्टेडियमको चमकमा भिजेकी थिइन्। सर्भिस गर्नु अघि सामान्य भन्दा केही धेरै पटक बल बाउन्स गरिन्।
३-५ पछिबाट पुनरागमन गर्दै मार्टिनाले अर्को तीन खेल जितेर ६-५ को अग्रता बनाइन । सेरेनाको भने गल्तिको संख्या बढ्दो थियो।
पहिलो पटक, मार्टिना लिडमा थिइन्, उनको अनुहारमा हल्का मुस्कान थियो। विलियम्सले सेटलाई टाइब्रेकमा धकेल्नु अघि आफ्नो सर्भिस गेममा सेट पोइन्टको रक्षा गर्न बाध्य भईन।
तर त्यहाँबाट, सबै बदलियो । सेरेनाले खेलमा पुन: नियन्त्रण लिईन् । तीव्रता देखाइन यसले गर्दा उनको स्ट्रोक राम्रो भयो।
'सेरेना मेरो लागि सबैभन्दा बलियो खेलाडी थिइन्। मलाई उनीसँग खेल्न मन लागेन,' मार्टिना हिंगिसले भनिन्, 'किनभने तपाईले कहिल्यै सोच्न सक्नुहुन्न कि उनी ढिलो हुनेछन् वा उनलाई कुनै मानसिक कमजोरी हुनेछ। मसँग जताततै ब्रेक पोइन्ट थियो। मसँग मेरो मौका थियो तर त्यसपछि सेरेनाले एस प्रहार गरिन्।'
'यो मेरो लागि धेरै निराशाजनक थियो। तर यहि कारण त उनी सेरेना विलियम्स थिइन्।'
टाइब्रेकमा ६–४ को अग्रता लिएर सेरेना विलियम्स उपाधिका लागि अग्रसर थिइन्।
उनले आफ्नो समय लिइन् । बेसलाइनमा जानु अघि उनले एक क्षणको लागि आफ्नो आँखा बन्द गरिन्, अनुहार स्थिर देखिन्थ्यो। उनी पहिले नै नर्भस थिइन्। अस्पष्ट थिइन्। इतिहासकै सबैभन्दा ठूलो महिला टेनिस खेलाडी, अझै पूर्ण रूपमा आत्म विश्वासी बनेकी थिइनन्।
तर अन्तिम र्याली लामो समय टिकेन। सेरेना विलियम्सले सर्भिस गरिन् । मार्टिना हिगिसले दुई ब्याकह्यान्ड रिटर्न गरिन्।
सेरेना क्षणभर स्तब्ध देखिन्, ब्याकवार्ड स्ट्याम्ब्लिङ्ग गरिन्। बीस हजार मानिसको गर्जन सुनिन ।
सेरेनाले आफ्नो करियरको पहिलो ग्राण्ड स्लाम जितिन् ।
उनी १९७५ मा आर्थर एशे पछि प्रमुख एकल उपाधि जित्ने पहिलो अश्वेत अमेरिकी बनिन्। १९५८ मा अल्थिया गिब्सनपछि पहिलो अश्वेत अमेरिकी महिला बनिन्।
रिचर्डले आफ्नो छोरीको टाइटानिक क्यारियर सुरु भएको क्षणलाई कैद गर्न आफ्नो सानो क्यामेरा उठाए।
लेखक प्राइस भन्छिन्, 'सेरेना हावी छन् । उनी यस स्तरमा छिन् जुन पृथ्वीमा धेरै मानिसहरू भन्दा पर छ।'
अहिले २०२२ को समरमा २३ पटककी ग्रान्डस्लाम च्याम्पियनले आगामी युएस ओपनपछि आफूले व्यावसायिक टेनिसबाट सन्यास लिने घोषणा गरेकी छिन् । युएस ओपन यहि अगस्ट २९ देखि न्युयोर्क मा सुरु हुँदैछ।
सेरेना विलियम्स महिला वरीयतामा लगातार १८६ हप्तासम्म संयुक्त र ३१९ हप्तासम्म एकल विश्व नम्बर १ वरीयतामा रहिन् । वर्षको अन्त्यमा नम्बर १ खेलाडीको रूपमा पाँच पटक समाप्त गरिन् । उनले २३ ग्राण्ड स्लाम एकल उपाधि जितिसकेकी छिन्। जुन ओपन एरामा कुनै पनि खेलाडीले जितेको सबैभन्दा धेरै हो। सेरेना टेनिस इतिहासमै मार्गरेट कोर्टपछि दोश्रो सर्वकालीन सफल खेलाडी हुन्।
सेरेना २०१६ मा विश्वको सबैभन्दा धेरै कमाउने महिला खेलाडी थिइन्। उनले लगभग २९ मिलियन डलर कमाईन । सन् २०१७ मा यो उपलब्धि दोहोर्याइन् जब उनी फोर्ब्सको १०० सबैभन्दा धेरै कमाउने खेलाडीहरुको सूचीमा एक मात्र महिला थिइन्।
उनले चार पटक (२००३, २०१०, २०१६, २०१८) लरियस स्पोर्ट्सवुमन अफ द इयर अवार्ड जितेकी छिन्। डिसेम्बर २०१५ मा स्पोर्ट्स इलस्ट्रेटेड म्यागजिनद्वारा स्पोर्ट्सपर्सन अफ द इयर घोषित भइन् । २०२१ मा उनी फोर्ब्सको विश्वको सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा २८ औं स्थानमा थिइन्। उनी अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने महिला खेलाडी हुन्।
-बीबीसी