काठमाडौं । पहिलो संस्करणको इसुजु ओपन गल्फ प्रतियोगिता यहिँ शनिबार आयोजना हुने भएको छ ।
नेपालमा इसुजु ब्रान्डको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शनिबार हुने जानकारी गराएको हो ।
गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड ३/४ ह्यान्डिक्यापमा हुने गोकर्ण गल्फ क्लबका निर्देशक दिपक आचार्यले बताए ।
प्रतियोगितामा पुरुष, महिला, ६० वर्षभन्दा माथि र १७ वर्षभन्दा मुनिको उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा १० र १६ औं होलमा 'होल इन वान' गर्नेले इसुजु पिकअप ट्रक पुरस्कार पाउने छन् ।
यस्तै पुरुष विजेता, बेस्ट ग्रस, महिलातर्फको विजेता सिनियर विजेता (६० वर्षमाथिको), जुनियर विजेता (१७ वर्ष र त्यो भन्दा तलको), लङगेस्ट ड्राइभ, कोजेस्ट टु दी पिन र मोस्ट बर्डिजको पुरस्कार पाउनेछन् ।