काठमाडौं । जापानको ओसाकामा आयोजना हुने ओसाका म्याराथनमा नेपालका धर्म महर्जन तथा पुष्प लाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् ।
म्याराथनमा सहभागी हुन ४ सदस्यिय नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ । म्याराथन २५ नोभेम्बरमा आयोजना हुनेछ ।
नेपाल सरकारको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद र डा. खगेन्द्र स्पोर्टस् फाउन्डेशनको ब्यवस्थापनमा सहभागी हुन जाने नेपाली टोलीमा टिम ब्यवस्थापकमा रजत श्रेष्ठ, प्रशिक्षकमा बैकुण्ठ मानन्धर रहेका छन् ।
नेपाली टोलीलाई शुभकामना प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले एक कार्यक्रमविच बिदाई गरे ।